कोहलपुरमा हुने महोत्सवको अवसरमा बृहत सरसफाइ

कोहलपुर, फागुन २-कोहलपुरमा हुन लागेको कोहलपुर महोत्सव अवसरमा आज कोहलपुरमा बृहत सरसफाइ कार्यक्रमको आयोजना गरीएको छ ।रुद्राक्ष फिल्मस् प्रालि कोहलपुर र ग्रिन सिटी युथ क्लव कोहलपुरको संयुक्त आयोजनमा सञ्चालन हुन लागेको महोत्सवको अवसरमा कोहलपुर क्षेत्रमा सरसफाइ आयोजना गरीएको महोंत्सवका संयोजक रुद्र खनालले बताउनुभयो ।

कोहलपुर चौराहाबाट सुरु भएको सरसफाइ कार्यक्रम कोहलपुर बजार क्षेत्र, न्यूरोड, बसपार्क, गोलपार्क तथा महोत्सव स्थललमा संरसफाइ गरीएको छ । सरसफाइमा क्लवका सदस्य, कोहलपुर जेसीज, शशस्त्र प्रहरी बल त्रिपुरागण कोहलपुरका प्रहरीहरुको सहाभागीता रहेको थियो ।