ब्राजील विश्वकपबाटै बाहीरियो : बेल्जीयम संग २-१ ले पराजीत

बेल्जियम ३२ बर्ष पछी विश्वकपको सेमिफाइनलमा प्रवेश

एजेन्सी,असार,२३-

रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिललाई पराजित गर्दै बेल्जियम सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

यससंगै बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलका लागि रेनाटो अगुष्टोले गोल फर्काउदै खेल २–१ गोलको स्थितिमा पुर्याएपनि जित दिलाउन भने सकेनन् ।

बेल्जियमले खेलको १३ औं मिनेटमा बेल्जियमले अग्रता बनाएको थियो । बेल्जियमले प्रहार गरेको कर्नर किकलाई बचाउने क्रममा ब्राजिलका फर्नान्डिन्होले आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुगेका थिए ।

त्यसपछि खेलको ३१ औं मिनेटमा गोल गर्दै बेल्जियमले २–० गोलको अग्रता लियो । बेल्जियमका लागि केभिन डे ब्रुयनीले गोल गर्दै दोब्बर अग्रतामा पुर्याएका थिए । उनले निकै सुन्दर गोल गरेका थिए ।

यो खेलबाट हार बेहोरेको ब्राजील अन्तत विश्वकपबाटै बाहिरिएको छ । ब्राजील लाई विश्वकपको प्रमुख दावेदारको रुपमा हेरिए पनी त्यसो भने हुन सकेन । ब्राजीलका चर्चीत खेलाडी नेमारको विश्वकप जित्ने चाहाना पनी अपुरै हुन पुगेको छ ।