एचआईभी संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १ सय १३ पुग्यो

ज्ञानु सङ्गम खड्का/
नेपालगन्ज,असार,२२-

बाँके जिल्लामा एचआईभी एड्सको संक्रमणबाट अहिलेसम्म एक सय तेह्र जनाको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार मृत्यु हुनेमा नेपालगन्ज उमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाका धेरै रहेका छन।

जिल्लामा एचआइभी संक्रमितहरुको संख्या भने ९ सय ६२ रहेको छ । जसमा पुरुष पाँच सय ३५, महिला चार सय १४ र तेस्रो लिङ्गी १३ जना रहेका छन्।

नेपालगन्जको भेरी अञ्चल अस्पतालमा एआरटी सेवा लिने एचआइभी पोजेटिभहरुको संख्या अहिले ४ सय ५९ पुगेको छ ।