पवन मुडभरी /
बौनीयां,मंसीर,४-
यहि मंसीर २ गते वर्दगोरीया साप्ताहिक पत्रीका बौनियाका सम्पादक तथा जनता टेलीभिजनका कैलाली सम्बाददाता पत्रकार लक्ष्मि जैशी माथी भएको आक्रमण प्रती जैमनिय मञ्च लम्कीचुहा २ कैलालीले खेद प्रकट गरेको छ ।
मञ्चद्धारा जारी विज्ञप्तीमा जैमनिय मञ्च कैलालीका सचिव एवम पत्रकार जैशीमाथी ज्यान मार्ने उद्देश्यका साथ ५ जनाको संख्यामा आएको अज्ञात समुहले निर्ममता पुर्वक कुटपिट गरी धनमाल समेत लुटेर लगेको घटनाले समग्र घोडासैनी परिवार स्तब्ध र दुखीत भएको छ ।
साथै नजिकिदै गरेको निर्वाचन विरुद्ध पनि घटना घटेको हुनसक्ने भन्दै आम सरोकारवाला व्यक्ति , समाज र राष्ट्रकै समेत यस घटनाप्रती चिन्ता रहेका कारण दोषी पत्ता लगाई कानुनी कार्वाही गर्ने काममा कैलाली प्रशाशनको ध्यानाकर्षण गराएको छ ।
शनिवार दिउसो मोहोन्यालगाउ पालिकाको सोल्टामा भएको एमालेको चुनावि कार्यक्रमको रिपोटिङ गरेर साझ अबेर घर फर्केका पत्रकार जैशी माथि राति करीब १२ बजेर ४० मिनेट तिर आएको अज्ञात समुहले एक्कासि आक्रमण गरी पत्रकार जैशी र उहांकी आमा नन्दीलाई घाईते वनाएको थियो ।
घाईते दुवै जनाको कोहलपुर मेडीकल कलेजमा उपचार भईरहेको । अज्ञात समुहको खोजी कार्य जारीरहेको प्रहरीले जानकारी दिएको छ । घटनाप्रती पत्रकार महासंघ , विभिन्न प्रेस संगठन र सञ्चारमाद्यमहरुले खेद प्रकट गर्दै दोषी पत्ता लगाई कार्वाही गर्न प्रशाशन संग माग गरेका छन ।






