गढवा उद्योग बाणिज्य संघको अध्यक्षमा आचार्य सर्वसम्मत चयन

रोशन घर्ती/

दाङ,मंसिर,४-

गढवा उद्योग बाणिज्य संघको अध्यक्षमा रविलाल आचार्य सर्वसम्मत नेतृत्वमा चुनिनु भएको छ । संघको दोश्रो अधिवेशन तथा चौथो साधारणसभाको बन्दशत्रबाट चुनिएको सर्वपक्षिय अध्यक्षमण्डलले सर्वसम्मत नेतृत्वको चयनगर्न सफल भएको संघले जनाएको छ ।

जसअनुसार बरिष्ठ उपाध्यक्षमा खिमबहादुर बुढा मगर, उद्योग उपाध्यक्षमा रामबहादुर बुढाथोकी, महासचिवमा बिरबहादुर आले मगर, सचिवमा रामदास यादव आर.डी., तथा कोषाध्यक्षमा चिन्ताप्रसाद पोखे्रल चुनिनु भएको छ ।

यसैगरी सदस्यहरुमा बाबुराम भण्डारी, ओम प्रकाश बस्याल, नोमराज कँडेल, सुदयराज चौधरी, मक्बुल अलिमिया, मधा न्यौपाने, दुखराम चौधरी, दामी अधिकारी र सफिउल्लाह गुजर(समिर) रहनुभएको छ ।

यसैगरी संघको सल्लाहकारमा उमाकान्त पन्त,रामप्रसाद गैरे,हरीप्रसाद भण्डारी, शुसिला भुसाल रहनुभएको छ भने कानूनि सल्लाहकार अधिबक्ता घनश्याम थापा र पे्रस सल्लाहकारमा पत्रकार शिबराज पन्थीलाई राखिएको संघले जनाएको छ ।

यसैविच संघले सोमवार एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण संगै सपथग्रहणको गराएको छ । अध्यक्ष मण्डलका संयोजक युवराज पोखे्रलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष तथा कानूनि सल्लाहकार अधिबक्ता घनश्याम थापाले प्रमाणपत्र वितरण गरी पदभारग्रहण गराउनु भएको हो ।

यसअधि गढवा उद्योग वाणिज्य संघको स्थापना कालदेखी पहिलो अधिवेशनबाट समेत अध्यक्षमा युवराज पोखे्रल रहनुभएको थियो । संघको २०७० सालमा दाङ जिल्ला उद्योग वाणिज्य संघबाट सम्वन्धन लिई स्थापना भएको थियो ।