राप्रपाको चुनावी प्रचारप्रसार तिव्र

भानुभक्त बस्नेत
घोराही,जेठ,२७-
घोराही उपमहानगरपालिका ७ अस्परीमा राप्रपाको भेला सम्पन्न भएको छ । राप्रपाका घोराही उपमहानगरपालिका मेयर उम्मेद्धवार भोलानाथ योगीको अध्यक्षता तथा राप्रपा नेपालका केन्द्रिय सदस्य मिना स्वर्णकारको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । कार्यक्रममा मेयर पदका उम्मेद्धवार योगीले आफ्नो ठाँउको विकास,धर्म सस्कृतीको संरक्षण,भाइचाराको विकासआदिको लागी आफुलाई गाई चिन्हमा छाप लगाई अत्यधिक मतका साथ जिताउन आग्रह गर्नुभएको थियो । भेलामा सदस्य उम्मेद्धवारहरुमा यज्ञ प्रताप ओली,राजेन्द्र वि.क.महिलासदस्य,रोम घर्ति, वडा अध्यक्ष भानुभक्त केसी लगायतकाले आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रम उममेयर प्याउली केसीको स्वागत मन्तव्यबाट सुरुभएको थियो ।