सिद्धिचरण नगरपालिकाले फाल्गुण मसान्त भित्रै योजना सम्झौताको काम सक्ने

सिर्जना बर्देवा/
ओखलढुंगा, माघ,१९-
ओखलढुंगामा शैक्षिक विकासका लागि सरोकारवाला बिच अन्तरक्रिया सम्पन्न भएको छ । सिद्धिचरण नगरपालिकाको आयोजनामा विद्यालय व्यवस्थापन समिति र प्रअहरुसँग सरोकारवालाहरुले अन्तरक्रिया गरेका हुन् ।

आज जिल्ला समन्वय समितिको सभाहलमा नगरपालिका भित्रका सबैजसो विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समिति एवम् शिक्षक अभिभावक संघका पदाधिकारीहरुको उपस्थितीमा जिल्ला शिक्षा अधिकारी,नगरपालिकाका मेयर,प्रमुख जिल्ला अधिकारी, शिक्षकका पेशागत संघ संगठनका प्रमुख लगायत बिच शैक्षिक विकासका लागि छलफल भएको थियो ।

नगरयोजना निर्माणमा समेटिनुपर्ने शिक्षाका विषय, विद्यालय नक्साङकनको आधार, दरबन्दि मिलानको आधार, विद्यालय अनुगमन तथा सुरपरीवेक्षण, भौतीक निर्माण, शिक्षक तथा कर्मचारी व्यवस्थापन र समन्वय, आर्थिक सहायकताको अवधारणा, शैक्षिक

गुणस्तर वृद्धिमा समुदायको दायित्व,प्रविधियुक्त शिक्षाका लागि अपनाउनुपर्ने विधि लगायतका विषयमा छलफल गरेर निचोड निकालिएको नगरप्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नगरक्षेत्र भित्रका सबै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आआफ्नो ठाउँबाट पहल गर्ने सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् ।