दुर्गापुर स्टिल, कोलकाता संग आयोजक धरान पराजित

धरान,माघ,२१-

धरानमा शनीबारबाट शुरु भएको २०औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगितमा आयोजक धरान फुटबल क्लव पराजित भएको छ । 

आज सम्पन्न दोस्रो क्वाटरफाइनल खेलना दुर्गापुर स्टिल, कोलकातासंग आयोजक धरान सडेन डेथमा पराजित भएको हो । जित संगै कोलकाता सेमिफाइनलमा प्रवेश गरेको छ ।

फोटो साभार गोल्ड नेपाल डटकमबाट

धरानले सुरुवाती खेलमा नै दुई गोल गरेपनी अन्तत उसले गरेको २ गोलको अग्रता जोगाउन नसक्दा दुर्गापुर कोलकाता संग पराजित हुनु पुगेको हो । खेल सुरु भएको दोस्रो मिनेटमा नै आयोजक धरानका खेलाडी रोमन लिम्बुले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि खेलको १६औ मिनेटमा बर्तमान राईले थप १ गोल गर्दै दोब्बर पारे ।

खेलको अन्तिम समय ७९ औ मिनेटमा हुदाँ शशिकान्तले  दुर्गापुरकालागि गोल गर्दै गोल अन्तर कम गरेका थिए । गोल ग्रीकों एक मिनेट बित्न नपाउदै शुभम थापाले गोल थप १ गोल गरेपछि खेल २-२ गोलको बराबरीमा पुगेको थियो ।

खेल बराबरी भए संगै निर्धारित समय थप गईएको थियो ।उक्त थप गरिएको अतिरिक्त समयमा दुवै टोलिले २-२ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी शूटआउटमा धकेलिएको थियो। पेनाल्टी शूटआउटमा पनि बराबरी भएपछि सडेन डेथले खेलको निर्णय गरेको थियो ।

धरानका तिर्थ बस्नेतले सडेन डेथमा गोल गर्न चुकेपछि अन्तत आजको खेल दुर्गापुरले जितेको हो।  आजको खेलना म्यान अफ द म्याच दुर्गापुरका बाबु लाल घोषित भए । उनले दश हजार रुपैया प्राप्त गरेका छन् ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा र इनर्जी ड्रिंक रेडबुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५,५५,००० रुपैयाँ हात पार्नेछ ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल नेपाल पुलिस क्लब र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुनेछ ।