नेपालगन्जमा अन्तर वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै

नेपालगन्ज,जेष्ठ,१-

नेपालगन्जमा आगामी जेष्ठ २३ गतेबाट अन्तर वडा स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता २०७६ आयोजना हुने भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० र१२ को सहयोग तथा द ग्रुप अफ १६ युथ क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको बुधवार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।

आयोजक संस्थाका सदस्य तरुण बज्राचार्यले स्थानीय तह अन्तरगत रहेका वडा वडा बीच सदभाव बढाउदै क्रिकेट खेलको बिकास गर्ने उद्देश्यका साथ क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । खेल नकआउट प्रणालीमा संचालन हुने छ ।

प्रतियोगितामा सहभागीका लागि १५ गते सम्म टिम दर्ता को समय रहेको छ त्यासका लागि २३ वटा वडा लाई पत्रचार गरिएको आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ । प्रतियोगिताको बिजयी टीमले पाउने पुरस्कारको बारेको पछि घोषणा हुने छ ।

त्यसैगरि म्यान अफ द म्याच र सिरिज लगायतको बिघामा उत्कृष्ट खेलाडीले आकर्षक पुरस्कार प्रदान गरिने सदस्य बज्राचार्यले बताउनुभयो । प्रप्राबिधिक सहयोग बा“के जिल्ला क्रिकेट संघको रहेको प्रतियोगितामा प्रवेश शुल्क बापत १० हजार रुपैया रहेको पत्रकार सम्मेलनमा बताईएको छ ।

प्रतियोगिताको खेल नेपालगन्जको मंगलप्रसाद उच्च मावि हुने आयोजकले जनाएको छ । आयोजका अध्यक्ष बिणु अर्यालको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा वडा नं. १२ बुद्धि सागर सुवेदी र वडा नं. १० का वडा अध्यक्ष बिन्दु भुषण बस्नेत लगाएत को सहभागिता रहेको थियो ।