बिबिएस प्रथम वर्षमा बाँके टप गर्न सफल नेपालगन्ज मल्टिपल क्याम्पस

एनएमसीका प्रेम थापा ६४.८% ल्याएर बाँके जिल्ला प्रथम

नेपालगन्ज,जेष्ठ ,०१-


हालै मात्र सार्वजनिक भएको व्यवस्थापन संकाय तर्फ (बिबिएस प्रथम वर्ष २०७५)को नतिजामा ६४.८% ल्याएर नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसि) बाँके जिल्ला प्रथम हुन सफल भएको छ।

आदर्श ग्रुपद्वारा वि.सं.२०६६ सालमा स्थापित यस क्याम्पसले हरेकका वर्ष झै यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याएको छ। गुणस्तरीय शिक्षाको लागि निरन्तर खटिरहेको मिहिनेती समुहद्वारा एनएमसी संचालित छ। क्याम्पसले नियमित तर्फ ३६ जना र आंसिक तर्फ १५ जना गरि ५१ जनालाई राम्रो नतिजा ल्याएर उतिर्ण गराउन सफल भएको एनएमसीका क्याम्पस प्रमुख थानेश्वर पाण्डेले बताउनु भयो।

नेपालगन्ज मल्टिपल क्याम्पसको आधुनिक भवन

यस्तै उत्कृष्ट नतिजाका कारण यो क्याम्पस टपरहरुको रोजाई बनेको छ । उक्त क्याम्पसमा अध्यापन गराउने अध्यापकहरुको मिजासिलो व्यवहार र शिक्षण सम्बन्धी संबेदनसिल भएकै कारण पछिल्लो समयमा हरेक बिबिएस पढ्ने बिद्यार्थीको आकर्षणमा एनएमसी पर्ने गरेको छ।

क्याम्पस चिफ सङ्गै प्रथम श्रेणीमा उतिर्ण बिद्यार्थीहरु

उतिर्ण ५१ जना मध्ये प्रेम थापाले ६४.८% ल्याएर बाँके जिल्ला प्रथम र अनिता रावतले ६४.६% ल्याएर बाँके जिल्ला द्वितीय हुन सफल भएको पनि क्याम्पस प्रमुख पाण्डेले बताउनु भयो। प्रेम प्लस टु मा पनि प्रथम हुन सफल भएका थिए। पढाईमा निकै लगनशील र मिहिनेती प्रेमको कडा परिश्रमका कारण उनी बाँके जिल्ला टप्न सफल भएका हुन।
त्यस्तै बाँके जिल्ला द्वितीय पनि एनएमसी नै भएको छ। बाँके जिल्ला द्वितीय हुनेमा अनिता रावत पर्छिन। उनी पनि पढाईमा निकै लगनशील र मिहिनेती छिन। जसको कारणले उनी बिबिएस तर्फ बाँके जिल्ल द्वितीय हुन सफल भएकी हुन।

एनएमसीबाट प्रथम वर्षमा उतिर्ण हुनेहरुमा प्रेम थापा,अनिता रावत,दिपा थापा,दुर्गा अधिकारी र सुविता अर्याल गरि पाँच जना प्रथम श्रेणीमा र बाँकी अरु द्वितीय श्रेणीमा उतिर्ण भएका छन।

हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने क्रममा यस वर्ष पनि बाँके जिल्लामै राम्रो नतिजा ल्याउनमा बिद्यार्थीको साथ साथै अध्यापन गराउने अध्यापकको कडा मिहिनेतका कारण यो सम्भव भएको क्याम्पसका चिफ डाइरेक्टर ईश्वर पोखरेलले बताउनु भयो। बिद्यार्थीको गुणस्तरीय शिक्षाको लागि आफुले कुनै सुबिधामा कमि नराख्ने पनि उहाँले बताउनु भयो। सुरु सुरुमा बिद्यार्थी भर्नाको लागि गाउँ-गाउँमा डुल्ने गर्थे तर अहिले एनएमसिको उत्कृष्ट पढाई अनि नतिजाले गर्दा बिद्यार्थीको पहिलो रोजाइ एनएमसि परेको उहाँ बताउनु हुन्छ।

साथै यहाँबाट उतिर्ण भएका र अध्ययनरत बिद्यार्थीहरुको महशुस गरि विभिन्न संघ संस्थाहरुमा रोजगारिको व्यवस्थापन पनि गर्ने गरेको कुरा चिफ डाइरेक्टर पोखरेलले बताउनु भयो।

अत्याधुनिक प्रविधिको साथ पढाइ हुने एनएमसिमा दक्ष तथा अनुभवी अध्यापकहरु मात्र हुनुहुन्छ। शान्त तथा भयरहित वातावरणमा पढाई हुने उक्त क्याम्पसमा आगामी बिबिएस प्रथम वर्षमा टि.यु टप्न सक्ने   बिद्यार्थीहरु  बनाउन आफ्नो तर्फबाट मिहिनेत  गरिरहेको पनि क्याम्पस प्रमुख पाण्डेले जानकारी दिनुभयो।