विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम स्वदेश फिर्ता

unn.prixa.netकाठमाडौं,असार,२२-जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम आज स्वदेश फर्किएका छन्।

प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो।

प्लेअफ खेलमा नेपालले यूएईलाई हराएको थियो।नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौं स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो।

विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए।नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।