नेपाल फेस्टिबल मेला फुकुओकामा जारी

मेलामा जापनीज कलाकार र नेपाली कलाकारहरुको बेजोड प्रस्तुती

फुकुओका, जापान,बैशाख,१-

नेपाल फेस्टिबल फुकुओका २०१८ आजबाट जापानको फुकुओकामा सुरु भएको छ । नेपालका विभिन्न पर्यटन क्षेत्रलाई प्रबन्द्धन र नेपालमा उल्लखिय मात्रामा पर्यटक भित्र्याउने उद्देश्यका साथ फेस्टिबव मेला सुरु भएको हो । मेलामा विभिन्न संस्कृति झल्कने सामाग्रीका स्टलहरु नेपाली रेस्टुरेन्टहरु राखिएका छन् ।

मेलामा चर्चित गायक संगितकार रामकृष्ण बम मल्ल र जापनीज कलाकार आओई सानोले नेपाली गित “पानको पात र रेशम फिरिरि” जस्ता गित गाँउदै उपस्थित नेपाली , विदेशी दर्शकलाई छमछमी नचाएका हुन् । 

भिडीयो हेर्न यहाँ क्लिक गर्नुहोस् ।।

नेपाली संस्कृती अनुसारका नृत्य मेलामा देखाईएको थियो । नेपाल फेस्टिबल  मेला नेपालका विभिन्न पर्यटन सम्बन्धी जापानी नागरिक सहित अन्य विदेशी नागरीकहरुलाई प्रयाप्त जानकारी दिन आयोजना गरिएको आयोजकले जनाएको छ ।

साथै आज बाट नेपालमा नयाँ वर्ष शुरु भए संगै जापानमा रहेका नेपालीले पनी मेलामा उपस्थीत भई नयाँ वर्ष पनी एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाएका छन् । फुकुओकामा बिहानै बाट पानी परे पनी मेलामा दर्शकको उल्लेखिय मात्रामा नै उपस्थीती रहेको थियो । 

नेपाल फेस्टिबल फुकुओका २०१८ को फोटो फिचर ||