चर्चित निर्देशक भट्टराईको निर्देशनमा “पुरानो डायरी” बजारमा

सिर्जना बर्देवा/
ओखलढुंगा,बैशाख,१-
चर्चित निर्देशक सरोज रोशन भट्टराईको निर्देशनमा “पुरानो डायरी” सार्बजनिक भएको छ । निर्देशक भट्राई निर्देशनमा उत्कृष्ट म्युजिक भिडियो “पुरानो डायरी” सार्बजनिक भएको हो ।नया बर्षको शुभकामना सहित सार्बजनिक गरिएको यस “पुरानो डायरी” मा लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मीको लय तथा शव्द सिर्जना रहेका छ ।

“पुरानो डायरी” मा चर्चित गायीका बिष्णु माझी र स्वयम गायक रेग्मीको स्वर रेहको छ ।भने म्युजिक भिडियोमा मोडल रञ्जिता गुरुङ,सतिश अधिकारी साथै रेग्मी र मेलिना ठकुरी को अभिनय रहेको छ ।

निर्देशक भट्टराईल निर्देशन गरेको यस म्युजिक भिडियोको छायांकन हरिश महराले गरेका छन् भने भिडियोको सम्पादन सुजन शाहीले गरेका छन् । यस अडियो तथा भिडियोलाई एस.थ्रि.के इन्टरटेन्डमेन्टले बजार व्यवस्थापन गरेको छ ।

भिडीयो पनी हेर्नुहोस् ।।