ट्याकटरले किच्दा एक जनाको मृत्यु

ओखलढुंगा,असोज,१३-
ओखलढुंगाको मानेभञ्ज्यागं गाउँपालिका १ मोलीमा ट्याकटरले किचेर एक जनाको मृत्यु भएको छ । को २ त ४६८० नम्बरको ट्याकटरले गएराती १० बजे तिर किचेर दर्शरथ राईको घटना स्थलमै मृत्यु भएको हो ।

ओखलढुंगा बाट मोलीको सिंचाई कुलोको सामान लिएर गएको ट्याक्टरमा सामान अनलोड गर्न चडेका राईको ट्याक्टर बाट खसेर बिचको टायरमा चेपिदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटना पछि ड्राईभर सम्पर्क बिहिन भएको हुदाँ खोजी भईरहेको प्रहरीले जनाएको छ ।