मछिन्द्रसंग मनाङको र एनआरटीसंग आर्मीको रोमान्चक बराबरी

काठमाडौं,फाल्गुन,२८-शहीद स्मारक ए डिभिजन लिगको तेस्रो खेलमा पनि साविक विजेता मछिन्द्र एफसी जित बिहीन बनेको छ ।

सुरुवाती दुई खेलमा पराजित भएको मछिन्द्रले तेस्रो खेलमा आइतबार मनाङ मर्स्याङ्दी क्लबसँग बराबरी खेल्दै अंकको खाता भने खोलेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मछिन्द्र र मनाङले गोलरहित बराबरी खेलेका हुन्।दुवै टोलीले गोल गर्ने अवसर बनाए पनि सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन् ।

बराबरीपछि मनाङले तीन खेलबाट ५ अंक जोडेको छ।पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको मनाङले दोस्रो खेलमा संकटालाई पराजित गरेको थियो । मछिन्द्रको तीन खेलबाट १ अंक छ ।

यसैविच:न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबले रोमान्चक बराबरी खेलेका छन्।च्यासल मैदानमा आइतबार भएको खेलमा एनआरटी र आर्मीले ३-३ गोलको बराबरी खेलेका हुन् ।

 
 

एनआरटी र आर्मीको रोमान्चक बराबरी  एनआरटी र आर्मीको रोमान्चक बराबरी  रोमान्चक खेलमा सुरुआती अग्रता भने आर्मीले बनाएको थियो ।खेलको १५ औं मिनेटमा नवयुगले पेनाल्टीबाट गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ५२ औं मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई १-१ गोलको बराबरीमा ल्याए।५७ औं मिनेटमा जिन एन्सर एमबोउमिले पेनाल्टीबाट गोल गर्दा एनआरटी २-१ ले अघि रह्यो ।

May be an image of 4 people, people playing football, people standing, grass and text that says 'N.R.T 15'

खेलको ६२ औं मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दा एनआरटी ३-१ ले अघि रह्यो।खेलको ६८ औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई ३-२ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई ३-३ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै एनआरटीले ३ खेलमा १ अंक जोडेको छ । एनआरटीले अघिल्लो २ खेलमा हार व्यहोरेको थियो।आर्मीको यो दोस्रो बराबरी हो । आर्मीले ३ खेलमा ५ अंक जोडेको छ ।