सुर्खेतको गजेनिमा गाडी दुर्घटना हुँदा ३२ यात्रु घाईते

नेपालगंज,कार्तीक,५-

दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी सुर्खेतमा दुर्घटनाहुँदा ३२ यात्रु घाइते भएका छन् ।बा ५ ख ६२०५ नम्बरको फोर्स गाडी सुर्खेत–दैलेख सडक खण्डको कटकुवा गजेनीमा सोमबार दुर्घटनाहुँदा उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेमा नारायण नगरपालिका–२ कुसाडाका ४ वर्षीय महेन्द्र सिजापती, नेपालगञ्ज उप–महानगरपालिका–३६ का १७ वर्षीय दिलकुमार चन्द, दैलेख भैरवी गाउँपालिका–३ का ३१ वर्षीय कृष्णकुमारी चन्द, सोही ठाउँका सलिना चन्द,साजन चन्द, सचिन चन्द लगायत छन् । घाइते मध्य पाँचको अवस्था गम्भीर छ ।

घाइतेहरुको देउती अस्पतालमा उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । तिव्र गतिमा रहेको फोर्स गाडी गजेनी मोडमा अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरीबहादुर विसीले जानकारी दिए । उनका अनुसार गाडी ३० मिटर तल खसेको छ ।