नेपालगञ्ज उप महानगरपालिका वडा नं ८ मा काग्रेसको सम्पर्क कार्यालय सन्चालन

नेपालगन्ज,जेष्ठ ३१-

नेपालगञ्ज उप महानगरपालिका वडा नं ८ मा नेपाली काँगे्रस क्षेत्रीय कार्यसमितको निर्वाचन प्रचार प्रसार तथा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको छ ।

नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोर सिंह राठौरले कार्यालयको उदघाटन गर्दै काँगे्रसले सबैको अधिकार सुनिश्चित गर्न लामो संघर्ष गरेको भन्दै समग्र विकासका लागि स्थानीय तहको निर्वाचनमा मतदान गर्नु आहवान गर्नु भयो ।

उहाँले काँगे्रसले नयाँ संविधान जारी गरेर कायार्नन्वयन गर्न अग्रसरता देखाएकाले अब पनि स्थानीय तहमा काँगे्रुसले विजयी हासिल गर्ने विश्वास व्यक्त गर्नु भयो ।

उम्मेदवार छनौटमा सवैलाई समावेश गर्न नसकिएकोमा असन्तुष्टि पीडा भएपनि पाट्र्रीले आगामी दिनमा मुल्यांकन गर्ने दावी गर्नु भयो । सांसद बादसाह कुर्मीले संविधान संशोधन गर्ने अग्रसरता देखाएर काँग्रे्रसले मधेशी दललाई निर्वाचनमा सहभागि गराउनु पर्ने आवश्यक्ता औल्याउनु भयो ।

क्षेत्रीय सभापति रमेश गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस बाँके सभापति किरण कोइ्राला, सांसद आशा विक , काँगे्रस पुर्व सभापति सनत रेग्मी लगायतले काँगे्रसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नु भयो । आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयबाट च्नावी प्रचार प्रसार व्यापक बनाइने भएको छ ।