जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा माओवादी विजयी

जुम्ला,जेठ,२-
जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्ष पदमा माओवादीका राजबहादुर शाही र उपाध्यक्ष पदमा माओवादीकै हिमाली रोकाय विजयी भएका हुन् ।

शाहीले १३१७ र रोकायले १३२७ मत पाएको मुख्य निर्वाचन अधिकृत रुद्रप्रसाद आचार्यले अनलाइनखबरलाई जानकारी दिए ।

माओवादीले यसअघि जुम्लाकै गुठिचौर गाउँपालिकाको अध्यक्षमा पनि जित हात पारेको छ । गुठिचौर गाउँपालिकाको अध्यक्षमा माओवादीका हरिबहादुर भण्डारी विजयी भएका हुन् ।