काठमाडौं,चैत,८-आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई सात विकेटले पराजित गरेको छ ।
दुबई क्रिकेट रंगशालामा १ सय ७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५९ अर्धशतकिय योगदान गरे ।
रोहित पौडेलले ४४ रन जोडे।पीएनजीका चाल्र्स अमिनीले दुई विकेट लिए । काबुआ मोरेले १ विकेट हात पारे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै १ सय ७३ रन जोड्यो ।
पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रनको योगदान गरे ।लेगा सियाका २० तथा सेसे वाउ १९ रनमा आउट भए ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई विकेट हात पारे ।
करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिए ।