१० परिवार विस्थापित,गाउँमा खानेपानीको अभाव

 रमित बि.क.,

बाजुरा,असार,२२-

बडिमालिका नगरपालिका–५ मनाका १० परिवार पहिरोका कारण विस्थापित बनेका छन् । घर नजिकै पहिरो बग्न थालेपछि बस्ती पहिरोको जोखिममा पुगेको छ । भने १० परिवार पूर्ण रुपमा विस्थापित बनेका छन् ।

विस्थापित हुनेमा मनाका मन्धीरे साउँद, धर्म साउँद, निरु साउँद, नन्दा साउँद, कृष्ण साउँद, अंगे बडुवाल, आइते साउँद, मने साउँद, प्रसादे साउँद, नन्द साउँदको परिवार रहेका छन् । उनीहरु डरले आफन्तको घरको साहरामा बसेको स्थानीय जीवन साउँदले जानकारी दिनु भएको छ ।

हिजै रातीको बर्षाका कारण गाउँमा खानेपानीको पाईप समेत बगाएको छ । मुहानमा समेत असर पुगेकोले गाउँमा खानेपानीको समेत समस्या देखिएको बताईएको छ । बर्षाका कारण गाउँको बीच बाटोमै पहिरो लागेको छ । स्थानीय आवत जावतमा समेत समस्या देखिएको छ ।