चौंथो समर कप फुटसलको टाई-सिट सार्वजनीक

प्रतीयोगीतामा १६ टिमले सहभागीता जनाउने

फुकुओका,जापान,भाद्र,४-

जापानको फुकुओकामा यहि भाद्र ७ गते अर्थात अगष्ट २४ तारिख शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । श्री गणेश खुकुरी एफसीको आयोजनामा चौंथो समर कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको हो ।

फुकुओकालाई फुटसलमय बनाउनका लागी विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी निरन्तरता दिन लागीएको आयोजकले जनाएको छ । शनीबार हुने प्रतीयोगीतामा १६ वटा टिमले सहभागीता जनाउनेछ । आज बुधबार श्री गणेश खुकुरी रेष्टुरेण्टमा प्रेस मिट कार्यक्रम गर्दै टाई-सिट सार्वजनीक गरेको हो ।उक्त प्रतीयोगीतामा सहभागी हुने टिमहरुलाई ४ वटा ग्रुपमा टिम विभाजन गर्दै टाई-सिट सार्वजनीक गरेको हो । 

यसैबिच : निवर्तमान एनआरएनएका अध्यक्ष देवराज उप्रेतीले विदेशमा रहेर यसरी टुर्नामेण्ट गरि एक आपसमा भाईचाराको सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पुर्याउने र यस्ता कार्यका लागी एनआरएनए क्यूशुको सधैं साथ रहने पनी प्रतीवद्धता व्यक्त गर्नुभयो । उहाँले खेल संग रमाईलो नगरी रमाईलो संग खेल खेली अझ भाईचाराको सम्बन्धलाई बजबुँद गराउन आग्रह गर्दै सबै सहभागी टिमलाई जितको सफलताको शुभकामना दिनुभयो । 

यसैबिच : श्री गणेश खुकुरी रेष्टुरेण्टका संचालक छत्र दाहालले पनी यस टुर्नामेण्टले प्रवासमा बस्ने नेपाली बिच एक आपसमा भाईचाराको सम्बन्धमा थप सहयोग गर्ने बताउदै सबै सहभागीहुने टिमलाई शुभकामना दिदै आफ्नो धारणा नयाँ नयाँ टिमले जितोस भन्ने चाहेको बताउनुभयो । 

यस्तै : निवर्तमान एनआरएनएका सचिव अर्जुन थापाले खेल खेल्दा सबै खेलाडीलाई आफ्नो स्वास्थ्यमा ख्याल गर्न आग्रह गर्दै त्यसका लागी ईन्स्यूरेन्स अनीवार्य गरि खेलमा सहभागी हुन आग्रह गर्नुभयो । 

त्यसैगरी : आयोजक टिमका म्यानेजर ईन्द्र घले र सह म्यानेजर प्रदिप राईले सबै उपस्थीत टिमलाई अनुशासीत र सबै नियमको पालना गरि खेल खेल्न आग्रह गर्नुभयो । 

यस्तै : एफएनएफएका संयोजक रोजीन थापा मगरले टुर्नामेण्ट गर्नु राम्रो हो तर जुन खेलमा रिसिबी लिई खेल खेल्दा हरेक टुर्नामेण्टमा झै झगडा हुने गरेको छ यसले जापानमा भाईचारा सम्बन्धको लागी गर्ने गरिएको टुर्नामेण्टलाई यस्ता झैं झगडाको गतिबिधीले चिन्ताको बिषय बनाएको बताउनुभयो । उहाँले यस्ता गतीबिधी रोक्न पैसाको लागी खेल नखेली यसलाई थप रमाईलो र प्रतीभा प्रस्तुत गरि सबैलाई खेल खेल्न आग्रह गर्नुभयो ।

प्रतीयोगितामा सहभागी जनाउने टिमहरुको नामावली !

१. बिहानी एफ सी “ए”

२. बिहानी एफ सी “बि”

३. शिजुका एफसी 

४. यूनाईटेड एफ सी बज्र

५. श्री गणेश खुकुरी एफ सी (ए)

६. श्री गणेश खुकुरी एफ सी (बि)

७. तेन्जीन ल्याण्ड्स एफ सी

८.  ओहासी एफ सी

९. वाजीरो एफसी “ए”

१०. वाजीरो एफ सी “बि”

११. खुकुरी एफ सी 

१२. के आईसी ईगल एफ सी

१३. टेनपोईण्ट एफसी 

१४. गोर्खा ब्रदर्स 

१५. स्टार एफ सी 

१६. राईनोज एफसी 

आज सार्वजनीक गरिएको टाई – सिट 

प्रतीयोगीतामा विजयी हुनेलाई ३ लाख जापानीज येन सहित ट्रफि मेडल पुरस्कार रहेको छ, भने उपविजेतालाई १ लाख ५० हजार येन ट्रफि मेडल त्यस्तै तेस्रो रनर अप हुनेलाई अर्को वर्षको समर कप प्रतीयोगीतामा दर्ता शुल्क नलाग्ने आयोजकले बताएको छ  । टिम दर्ताको लागी दर्ता शुल्क ३५ हजार जापानीज येन तोकिएको छ ।