एनआरएनए क्यूस्यू जापानको अध्यक्षमा सुपेन्द्र घिसिंङको उम्मेदवारी

फुकुओका,जापान,असार,१९-

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्यूस्यू क्षेत्रीय समितीको निर्वाचन साउन ५ गते अर्थात जुलाई २१ तारिखका दिन हुने भएको छ । 

उक्त निर्वाचनमा अध्यक्ष पदका लागि सुपेन्द्र घिसिंङले उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाँले क्यूस्यू क्षेत्रको अध्यक्ष पदका लागि  आफुले उम्मेदवारी दिएको बिहानी अनलाईन डटकमलाई जानकारी दिनुभयो । 

उहाँले एक विज्ञप्ती जारी गर्दै उम्मेदवारी दिएको बताउनुभयो । उहाँले जारी गरेको घोषणा पत्रमा आफूले यस भन्दा अगाडी २ वर्ष उपाध्यक्षको गहन जिन्मेवारी निभ्याई सकेकोले अब अध्यक्ष पदको जिम्मेवारी सम्हालेर फुकुओकामा बसोबास गर्ने नेपाली बासिहरुको हितमा काम गर्न चाहेको उल्लेख गर्नु भएको छ । 

उहाँले यदि आफु निर्वाचीत भएमा जापानको क्यूस्यू क्षेत्रबाट एनआरएनए लाई लोकतान्त्रिक मुल्य र मान्यताको परिधी भित्र रहि स्वतन्त्र र निष्पक्ष ढङ्ले अगाडी बढाउदै, एनआरएनए भित्रका विसंगती र विकृतीलाई तोड्दै फुकुओकामा रहेका सम्पुर्ण संघसंस्थाबाट प्रतिनिधित्व हुने गरी समावेशी प्रकृयाबाट नयाँ कार्यसमिती चयन गरि अगाडी बढ्ने बताउनु भएको छ ।

उहाँले पछिल्लो समय फुकुओकामा नेपालीहरुको जनघनत्व दिन प्रतिदिन बढ्दै गईरहेको अवस्थामा यसबाट उत्पन्न हुने समस्या समाधानको लागी आफ्नो महत्वपुर्ण भुमिका रहने र यी समस्या समाधान सम्बन्धी जनचेतना मुलक विभिन्न अभिमुखिकरण कार्यक्रमहरु संचालन गर्ने विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।

साथै उहाँले एनआरएनएमा हुने गलत प्रयोग र प्रवृत्तीलाई रोकि संस्थालाई नेपालीप्रती उत्तरदायी बनाउदै काम गर्ने र पछिल्लो समय प्रवासी नेपालीहरुमा एनआरएनए लगायत विभिन्न संघसंस्थाप्रती बढ्दै गईरहेको वितृष्णालाई निर्मुल पार्न र ति गैर संघ संस्थाहरुलाई नेपाली समुदायको जनहितमा काम गर्ने बनाउनको लागि केन्द्र र सम्बन्धीत निकायसंग छलफल गरि भावी योजनाहरु निर्माण गर्ने विज्ञप्ती मार्फत प्रतिबद्धता जाहेर गर्दै आफुलाई भोट हाली जिताउन सबैलाई अपिल गर्नु भएको छ । 

“को हुन् सुपेन्द्र घिसिंङ”! किन भोट गर्ने उनलाई ?

एनआरएनए क्यूस्यू जापानको क्षेत्रीय समितीको आसन्न निर्वाचनको अध्यक्ष पदका उम्मेदवार : सुपेन्द्र घिसिंङ

विगत एक दशक भन्दा अगाडी विद्यार्थी भिषामा जापान आउनु भएका सुपेन्द्र घिसिंङको नेपाल घर काभ्रे जिल्ला हो । देखिदा हिसिलो अनुहार खाईलाग्दो जिउँ सबै संग मिल्ने सहयोगी भावना उनी जहिले पनि सामाजीक संघ संस्थामा तनमन दिएर लाग्ने गर्दछन् । र अहिले पनि लागि परिरहेका छन् । 

फुकुओकामा उनले यो एक दशक भन्दा बढी बसाईमा प्राविधीक तहको शिक्षा हासिल गर्दै ५ वर्ष जती जापानीज कम्पनीमा कार्यरत रहेर काम गरेका थिए । त्यसपछि उनी सामाजीक काममै तल्लीन रहनको लागि उनले अहिले आफ्नै व्यवसाय घिसिंङ हलाल फुड शप र ताज रेष्टुरेण्ट”संचालन गर्दै व्यापार व्यवसाय गरिरहेका छन् ।उनले यो व्यवसाय प्रवाशमा रहेका नेपालीलाई स्वदेशकै गुणस्तरीय वस्तुको प्रयोग र स्वदेशकै स्वादिष्ट खानाको परिकार चख्वाँउनको निम्ती संचालन गरेका हुन् ।

व्यापार व्यवसाय संगै उनी जहिल्यै सामाजीक सेवामा तनमन दिएर लागिरहन्छन् । सामाजीक सेवामा रहेर काम गर्दै गर्दा उनी फुकुओकामा गठन गरिएको काभ्रेली समाजको अध्यक्ष पनी हुन् अहिलेका ! उनले यी गैर सामाजीक संस्था मार्फत फुकुओकामा रहेका नेपालीहरुमा परेका समस्या र नेपालमा आईपर्ने आपत आलीन समस्याहरुमा सहयोग गर्दै सामाजीक कार्यलाई तिव्र अगाडी बढाईरहेका छन् । 

उनी अन्य संगठन नेपाल आदिवासी जनजाती फुकुओका र तामाङ समाज फुकुओकाको सल्लाहकार पनी हुन् । उनले गैर आवासीय एनआरएनए जापानको क्युस्यू क्षेत्रको उपाध्यक्षमा समेत रहेर कार्य गरिसकेकोले उनमा केहि अझै बढी अनुभव रहेको पाईन्छ । तसर्थ उनमा बढ्दै गएको अनुभवलाई यथोचित ढंगले सदुपयोग गर्नका निम्ती उनले यसपाली हुने आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा  उम्मेदवारी दिएका हुन् । 

साथै उनले यदि विजयी भएको खण्डमा भावि दिनमा काम गर्ने गरि  एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्ना योजनाहरु पनी सार्वजनीक गरेका छन् । त्यो प्रेस विज्ञप्ती हामीले तल जस्ताको त्यस्तै प्रकाशित गरेका छौं पढेर मनन गर्नुहोला ।