नेपाल एयरहोस्टेसको छैटौं व्याचको ‘ग्राय्जुवेशन’ कार्यक्रम सम्पन्न

काठमाण्डौं,कार्तीक,१३-
नेपाल एयर होस्टेस एकाडमीद्धारा सञ्चालित एयर होस्टेस तालिम लिएका छैटौं व्याचको ‘ग्राय्जुवेशन’ कार्यक्रम मकवानपुरको टिस्टुङको ओ अध्याय रिसोर्टमा एक कार्यक्रमको विच सम्पन्न भएको छ । 
 
उक्त कार्यक्रममा १८ जना तालिम लिएका युवायुवतीहरुलाई उक्त एयरहोस्टेस एकाडमीमा अध्यापनरत शिक्षकहरु नितामनि सिंह ठकुरी,वलराम ठकुरी तथा सरोजा केसीद्धारा सम्पूर्ण तालिम प्राप्त विद्यार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरीएको थियो ।
 
नेपाल एयर होस्टेस एकाडमीले दश जोड दुइ पास गरेका वा परिक्षा दिएर वसेका कम्तिमा ५ फिट ३ इन्च उचाइ भएका केटी र ५ फिट ७ इन्च उचाइ केटाहरुलाई अन्तर्राष्ट्रिय स्तरको ४ महिनाको एयर होस्टेस तालिम दिदै आइरहेको छ भने सम्पूर्ण वर्गलाई ध्यान राखेर न्यूनतम शूल्क लिई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको विज्ञ प्रशिक्षकहरुवाट ट्रेनिङ प्रदान गरिरहेको छ ।
 
हाल नेपाल एयरहोस्टेस एकाडमी कमलादीमा तालिम लिइसकेका सयौं युवायुवतीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई कंपनीहरुमा रोजगारीको अवसर प्रदान गरि हाल सम्म काम गरि रहेको वताउछन संस्थाका अध्यक्ष प्रदिपराज वन्त ।
 
हाल नेपाल लगायत अन्य मुलुकहरुमा एयर होस्टेसका माग वढ्दो रहेकाले देशैभरिका युवायुवीहरुको रुचीको विषय वनेको पाइन्छ साथै विगतको तुलनामा तालिम लिनेको संख्या पनि उल्लेख्यमात्रामा वढ्दै गएको छ भने तालिम दिने संस्थाहरु पनि दिनानु दिन  खोल्दै गएको पाइन्छ भने तालिम कुन संस्थाले राम्रो दिन सकिन्छ भनेर प्रतिस्प्रर्धा भएकोले तालिम लिनेहरुलाई झनै फाइदा पुगेको वन्तले वताए ।