शिक्षक नियमीत विद्यालय नजादा विद्यार्थीहरु विद्यालय जानै छाडे

मुधुपौडेल ,

बाँके,फागुन ९-शिक्षकको नियमित उपस्थिति नहुदा विद्यालयका विद्यार्थीहरु विद्यालय आउन छोडेको एक कार्यक्रममा बताईएको छ । श्री आधारभुत विद्यालय नेपालगंज बाके मा शिक्षकहरु समयमा उपस्थिति नहुने तथा पढाउदा राम्रो नपढाउने भएकोले भर्ना भएका विद्यार्थीहरुको उपस्थिति नहुने हुने गरेको गुणस्तिरीय शिक्षाका लागि शिक्षा संवाद कार्यक्रममा सहभागीहरुले बताउएका हुन ।

विद्यालयको व्यावस्थापन सुधार ,शिक्षाको अवस्था तथा सुधार र संभावनाका लागि के के गर्न सकिन्छ भन्ने विषयमा भएको उक्त कार्यक्रममा सहभागीहरुले स्थानियमा धेरै मुस्लीमहरु भएको तर विद्यालयमा कुनै मुस्लीम शिक्षक नभएको हुदा मुस्लीम बालबालिकाहरु नभएको बताएका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यापक  बुधेसकु जैसवाल ले पहिलाको तुलानामा अहिल विद्यार्थीहरु आईरहेको बताए पनि  भर्ना भएका विद्यार्थीहरु १४० भए पनि आज भोलि ८० जना मात्र आइरहेको पाइएको थियो । उक्त शिक्षा संवाद कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रेनु सेरचनले अहिले भौतिक सुधारको लागि लागीएको ले गर्दा शिक्षामा धेरै विकास हुन नसकेको स्किार्नु भएको थियो ।

कार्यक्रममा अभिभाव रतन बहादुर बम, नेपाली कागे्रसका प्रतिनिधि अस्मिता शाह, सेभद चिल्डे«न का फुलकुमारी चौधरी ,बाके युनुस्कोका कार्यक्रम संयोजक आशिष वर्मा , कार्यक्रम अधिकृत राम श्रेष्ठ, बडानागरीक मंचका अध्यक्ष कौशल सिंह धामी लगाएतले आफ्ना कुरा राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण पत्रकार तुला अधिकारीले गर्नु भएको कुरा कार्यक्रम अधिकृत श्रेष्ठले जानकारी दिनु भयो ।

श्री आधारभुत विद्यालय सल्यानीबाग ५ को आयोजना तथा जिल्ला शिक्षा कार्यलय बाके, सेभ द चिल्डे«न तथा बाके युनुस्को समन्वयमा उक्त संवाद कार्यक्रम भएको थियो ।