प्रदेशी बनेका चर्चित मोडल थापाको हात काटियो

सिर्जना बर्देवा/
ओखलढुंगा ,भाद्र २३/
प्रदेश गएका चर्चित मोडल बुद्धबिर थापाको हात काटिएको छ । प्रदेशी भुमीमा दु.ख गरिरहेका थापाको हात काम गर्दा गर्र्दै काटिएको हो । आफुले काम गरिरहेको ठाउमा आफ्नो पारिश्रमीक माग्दा मालीक बाट प्रहार भएको हतियार बाट उनको हात काटिएको हो ।

बिजयदशमी तथा शुभदिपावलीको पावन अवसरमा बजारमा गितसंगीत धमाधम आईरहेका छन् । यसै अवसर पारेर थापाको अभिनयमा प्रदेशीको कहानी समेटेको दशै तिहारका संग सम्बन्धी रहेको म्युजिक भिडियो बजारमा आएको छ । प्रदेशीको बास्तबीक कहानी रहेको यस म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक गरिएको हो ।

यस गीतमा प्रेम सागर पौडेलको उत्कृष्ट लय सिर्जना रहेको छ भने मान बुढाको उत्कृष्ट शव्द सिर्जना रहेको छ । यस गीतमा चर्चित गायक गायीका पुश्कल शर्मा र पुर्नकला बिसीको सुमधुर स्वर रहेको छ । यस म्युजिक भिडियोमा थापा सगैं मोडल प्राप्ती पौडेल र नायीका तथा मोडल रश्मी भट्टको उत्कृष्ट अभिनय रहेको छ ।

चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको यस म्युजिक भिडियोको छायाँकन बासु बरालको रहेको छ भने भिडियोको सम्पादन मिलन बि.कले गरेका छन् । बि.स्टार फिल्मसले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो तथा अडियोलाई रक्षा म्यसजिक प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।

(भिडियो एक पटक अवश्य हेर्नुहोस् )