गल्कोट म्युजिक द्वारा उत्कृष्ट अभिनयमा मोडल थापा सम्मानित

सिर्जना बर्देवा,

ओखलढुङगा,असार,२४-

गल्कोट म्युजिक ले आयोजना गरेको श्रस्टा सम्मान कार्यक्रममा उत्कृष्ट गित वारि चरौदी बाट मोडल बुद्धबिर थापा सम्मानित भएका छन् ।

कला सस्कृतिको जगेर्ना गर्ने उदेश्यले आयोजना गरेको सम्मान कार्यक्रममा थापाले गितकार तथा संगीतकार शम्भुजित बास्कोटाको हातबाट सम्मान ग्रहण गरेका हुन् । 

छोटो समयमै राम्रो अभिनय गर्दै सफल र सबैको मनमा बस्न सफल थापाले दुई बर्ष मै एक सय बिस भन्न्दा बढि भिडियोमा आफ्नो उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् ।

युटुब मा हेरेको संख्या लाई आधार गरेर गल्कोट म्युजिकले वारि चरौदी गितबाट उत्कृष्ट अभिनय गरेको भन्दै बुद्धबिरलाइ बिशेष सम्मान गरेको हो ।

त्यस्तै लोक गितको धरोहर राजु परियार,देबि घर्ती,पुर्नकला बि सि ,झलक सङितम,रेशम सापकोटा मोडल आशा खड्का र सारिका केसिलाइ समेत सम्मान गरेको छ ।

उत्कृष्ट अभिनय बाट सम्मानित थापा श्रावण ७ गते हुन गईरहेको राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको अभिनय बाट उत्कृष्ट ५ मा समेत छनौट भएका छन् ।

थापा आफू भन्दा अग्रज अभिनयका राजा हरु संग समेत प्रतिस्पर्धा मा रहेका छन् । थापाको अभिनयले सदैव सगरमाथाको शिखर चुमोस् बिहानी अनलाईनको तर्फबाट हार्दिक शुभकामना ।