
ओकिनावा,भदौ,२९-वैदिक सनातन हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा आज (सेप्टेम्बर १४) तारिख जापानको ओकिनावामा बृहत् तीज सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ।
“Team Everest Okinawa” को आयोजनामा हुने उक्त कार्यक्रम दिउँसो ३:०० बजेदेखि साँझ ६:३० बजेसम्म सञ्चालन हुनेछ।कार्यक्रम Makishi Station नजिकै रहेको Union को माथिल्लो तेस्रो तल्लामा आयोजना गरिने आयोजकले जनाएको छ।
तीजको मौलिक संस्कृति, परम्परा तथा नेपाली नारीहरूको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति तथा तीज विशेष कार्यक्रमहरू रहनेछन्।
त्यसैगरी: सोही दिन आज साँझ ७:०० बजेदेखि राति १०:०० बजेसम्म वैदिक सनातन धर्ममा आधारित भजन-कीर्तन कार्यक्रम समेत आयोजना गरिनेछ।
तीज सांस्कृतिक कार्यक्रम तथा भजन-कीर्तनमा सहभागी भई पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई आत्मसात् गर्न सम्पूर्ण श्रद्धालु नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई “Team Everest Okinawa” परिवारले हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रम विवरण:
मिति:भाद्र २९ गते (सेप्टेम्बर १४)
स्थान:Makishi Station नजिकै,Union को माथिल्लो तेस्र तला
तीज सांस्कृतिक कार्यक्रम: दिउँसो ३:००-६:३० बजे
भजन–कीर्तन: साँझ ७:००-राति १०:०० बजे
आयोजक: Team Everest Okinawa परिवार






