श्रेष्ठको दशै गित “आउ है प्यारा” मा थापा र कार्की

सिर्जना बर्देवा
ओखलढुङगा,असोज,४-
दशै नजिकिदै गर्दा दशैका गितहरु निकै बजारमा आइरहेका छन् । दशै कोशेली स्वरुप गायक एवं सर्जक रमेश श्रेष्ठले एसपाली दशै गित आउ है प्यारा गित बजारमा ल्याएका छ्न् । प्राय लय शब्द सिर्जना गर्ने उनले पहिलो पटक गित गाएका हुन् ।
आउ है प्यारामा उनले आफ्नै लय अनि शब्द समेटेका छन् । आफ्नै गाउँ ठाउँमा काम नपाए पछी बिदेशिनु अनि चाड्बाड आउदा घर आउन नापाएको र खाडी मुलुक पसेको पीडा समेटेका छन् । जसलाइ आवाजमा साथ दिएकी छिन गायीका प्रीया सेन्चुरिले ।
पछिल्लो समयमा निकै ब्यस्त देखिने मोडल बुद्धबिर थापा अनि प्रजुशा कार्किको अभिनयमा तयार गरिएको यो गितको भिडियो बिक्रम चौहानको निर्देशन,बाशु बरालको छायांकन राजेश कुमारको सम्पादनमा तयार गरिएको छ यस म्युजिक भिडियोलाई प्रतिभा म्युजिकले बजार ब्यबस्थापन गरेको छ ।