समावेशी तथा भयरहित शिक्षाका लागि अभिमुखिकरण

नेपालगञ्ज, बैशाख,२५-
बाँकेको बैजनाथ गाउँपालिकाका सामुदायिक बिद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई एक दिने समावेशी तथा भयरहित शिक्षाका बिषयमा अभिमुखिकरण गरिएको छ । परियोजना संचालन भएको गाउँपालिका भित्रका बिद्यालयका अध्यक्ष र प्रधानाध्यापकलाई आज मंगलबार एक दिने अभिमुखिकरण दिइएको हो ।

बिद्यालयमा बालबालिकाको सिकाईलाई भयरहित बनाई अध्ययन कार्य संचालनमा सहयोग पु¥याउन तथा केटा–केटीबीचको भेदभावाई समाप्त गरी समान शिक्षा आर्जन गर्ने वातावरण सृजना गर्न एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

जि–गाउँ स्रोत केन्द्रमा भएको अभिमुखिकरणमा बैजनाथ गाउँपालिकाका शिक्षा संयोजक तथा बिद्यालय निरिक्षक खिमप्रसाद ढकाल र स्रोत व्यक्ति टंकनाथ दाहालको समेत उपस्थिति रहेको थियो ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा लैंङ्गिक रुपान्तरण तथा समाबेशी शिक्षा परियोजना अन्तर्गत सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेले कार्यक्रम गरेको परियोजनाका सिनियर सुपरभाईजर लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।