भोलिको संसद बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं,चैत,२-संसद सचिवालयले भोलि (मंगलबार) बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ। 

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सचिवालयले संभावित कार्यसूची सार्वजनिक गरेको हो। संभावित कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन्। 

त्यसपछि शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ । सभामुखले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। संसद बैठक भोलि दिउँसाे १ बजेका लागि बोलाइएकोे छ।