ब्राजिल कोपा अमेरिकाको फाईनल प्रवेश

फाईल तस्विर !!

एजेन्सी,असार,२२-ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ ।

सोमबार सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।

ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे ।नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् ।

दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ब्राजिलमा सञ्चालन भईरहेको छ ।

नेयमार प्रेरित ब्राजिल उपाधिको नजिक पुगेको छ।ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।दोस्रो सेमिफाईनलको खेल भोलि बिहान हुनेछ ।