नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं,बैशाख,३०-नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ ।

थपिएका संक्रमितमा पर्सामा मात्र ३९ जना छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।