जिल्लाको स्वास्थ्य विकासको लागी सधैँ लागी रहने डाक्डर :विश्वकर्मा

साविकको जुगाडा गाविस १४ औँ गाविसको रुपमा पूर्ण खोप युक्त गाविस घोषणा

रमित बि.क.

बाजुरा,जेष्ठ,२७-

जिल्ला स्वास्थ्य कार्यालय बाजुराको प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बाजुरा जिल्लाको स्वास्थ्य विकासका लागी सधैँ लागी रहने बचन दिनुभएको छ । शुक्रबार बडिमालिका नगरपालिका साविकको जुगाडा गाविसको १४ औँ पूर्ण खोप युक्त गाविस घोषणाको प्रमुख अथितिको आसनबाट संबोधन गदै उहाँले यस्तो बताउनुभएको छ ।

आफु जिल्लाबासी भएको र जिल्लाबासी सबैले सहयोग गरे जिल्लाको स्वास्थ्य स्थिति सुध्रिदै जाने बताउनुभएको छ । गाविसलाई पूर्ण खोप युतm घोषणा गरेर मात्र हुने नभई व्यवहारमा पनि लागु गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले जुगाडा स्वास्थ्य चौकीको विकासका लागी सधैँ लागेको र लागीरहने उल्लेख गर्नुभएको छ ।

यही जेष्ठ ३१ गते सम्म जिल्लाका सबै गाविस पूर्ण खोप युतm गाविस घोषणा गरिसक्ने भएकाले असार मसान्त सम्म जिल्लालाई नै पूर्ण खोप युतm जिल्ला घोषणा गरिने बताउनुभएको छ । “स्थानिय स्वामित्व सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ बडिमालिका साविकको जुगाडा गाउँविकास १४औँ गाविसको रुपमा पूर्ण खोप युतm गाविस घोषणा गरिएको हो ।

गाविसमा रहेका १२ महिना देखि २३ महिना मुनिका बालबालिकाहरुले सबै किसिमका खोप पाए पछि गाविसलाइ पुर्ण खोप युक्त घोषणा गरिएको हो । खोप लगाउन छुटेका बालबालिकाहरुको खोजी गरी खोप दिने गरेपछि खोप युक्त घोषणा गर्न मिल्ने प्रावधान छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वय तथा प्राविधक सहयोग र जुगाडा स्वास्थ्य चौकीको समन्वयमा पुर्ण खोप युक्त घोषणा गरिएको बताइएको छ ।

गाविसमा रहेका २०० जना बालबालिकाहरुले सबै किसिमका खोप नछुटाएर घरघरमा रातो कार्ड वितररण गरी खोप पाएको पहिचान गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको अनुगमन पछि पूर्ण खोप युतm गाविस घोषणाका लागी अनुमति दिइएको थियो । गाविसमा रहेका १२ महिना देखि २३ महिना मुनिका २०० बालबालिका खोप पाएका छन् ।

पुर्ण खोप युक्त घोषणका लागि बालबालिकाहरुले स्वास्थ्य संस्थाबाट पाउने ११ वटा खोप पाएको हुनुपर्ने, खोप पाएर रोगहरुबाट मुक्त भएको गाविसलाई पुर्ण खोप युक्त घोषणा गर्न मिल्ने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख डा.रुपचन्द्र विश्वकर्माले बताउनु भएको छ । जिल्लाका १३ वटा गाविस यस भन्दा पहिले पुर्ण खोप युक्त गाविस घोषणा भइसकेका छन् ।

पुर्ण खोप युक्त घोषणा हुनेमा कुल्देवमाण्डौ, कोल्टी, डोगडीकैलाशमाण्डौ,मानाकोट छतारा, जयवागेश्वरी, बाह्विस, गुदुखाती, आटीचौर, ब्रहमतोला, काँडा र जुगाडा गाविस पुर्ण खोप युक्त घोषणा भईसकेका छन् । जिल्लालाई नै पुर्ण खोप युक्त गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालय बाजुराले अभियान संचालन गर्देै आएको छ ।

स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष दिल बहादुर हमालको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अथिति जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्मा रहनुभएको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका नायव सुब्बा मेघराज उपाध्याय,शुसिला सिंह,सुजनराज गौतम,राप्रपाका नेता जय बहादुर गिरी,रेडियो पौरखीका रमित बि.क.,रेडियो बाजुराका गंगराज पण्डित बिशिष्ट अथिति रहनुभएको थियो ।

कार्यक्रममा सत्यवादी माविका प्र.अ मान बहादुर हमाल,बडिमालिका नगरपालिकाका प्रशासकिय अधिकृत मदन दानी,प्रहरी सहायक निरिक्षक बहादुरसिंह धामी लगायत अथिति रहनुभएको थियो । जुगाडा स्वास्थ्य चौकीका ज्ब् डाक्टर चन्द्रसिंह खातीले जुगाडा स्वास्थ्य चौकीले गरेका कामको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने सबैले गाविसलाइ पुर्ण साक्षर घोषणाका लागि एक भएर लाग्नु पर्नमा जोड दिएका छन् । कृर्षि तथा खाद्य सुरक्षा आयोजना सहजकर्ता कर्ण बि.क.ले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएका थिए । खोप युतm गाविस घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंम सेविका,बिद्यार्थी स्थानिय गरी करिव ४ सय बढीको सहभागिता रहेको थियो ।

साथै यही जेष्ठ २७ गते तोली स्वास्थ्य चौकी,पाण्डुसैन स्वास्थ्य चौकी,यही जेष्ठ २८ गते कोटीला स्वास्थ्य चौकी,यही जेष्ठ २९ गते रुगीन स्वास्थ्य चौकी,यही जेष्ठ ३० गते जुकोट,जेष्ठ ३१ गते बुढीगंगा,वाई,साप्पाटा,बाँधु स्वास्थ्य चौकी पूर्ण खोप युतm गाविस घोषणा गरिने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।