पोखरामा पहिरो जादाॅं ६ जनाको को मृत्यु, ८ जना घाइते

पोखरा,असार,२६-कास्की जिल्लाको पोखरा, सराङकोट र हेम्जामा पहिरो जादाँ ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

फाईल तस्विर !!

पोखरा १८ सराङकोटको गोठादीमा घर माथीको सडक भत्किदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।१० जना मध्ये ५ जनाको मृत्यु भएको छ।उनीहरुलाई स्थानीय र प्रहरीको सक्रियातामा अस्पताल पुर्‍याइएको छ ।

उनीहरुलाई मणिपाल अस्पताल लगिएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।राती जन्मदिन मनाउन अन्य पाहुँनासमेत आएका कारण घरमा कति जना थिए भन्ने खुल्न सकेको छैन ।

हराइरहेको आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ । त्यसैगरी पोखरा २५ हेम्जामा घर पछाडीबाट पहिरो आउदा ७० बर्षिय हिमकला अधिकारीको मृत्यु भएको छ ।