आज कुशे औंशी : बुवाको मुख हेर्ने दिन

काठमाण्डौं,भाद्र,१३-

आज कुशे औंशी घर घरमा वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश भित्र्याएर मनाईदै छ । कुशे औंशीसंगै आज बुवाको मुख हेर्ने दिन पनि हो ।

त्यसैले आज सबै हिन्दूधर्मालम्बीहरूले आ-आफ्ना बुवालाई आदर सम्मान प्रकट गर्दै बुवाको मुख हेर्ने गर्दछन् । बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्ने गरेका छन् ।

आज धेरैले आफ्ना बुवालाई स्मरण गर्दै, मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गरि मनाउने गर्दछन् । देश भन्दा बाहिर प्रवासमा रहेकाले बुवालाई भेट्न नसक्दा फोन मार्फत नै सम्झीने गर्दछन् ।

त्यतिमात्र हैन सामाजिक सञ्जाल फेसबुक मार्फत पनि उनीहरूले आफ्ना पितालाई स्मरण गरेर सम्झीने गरेको पाईन्छ ।