इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट नेपाली विद्यार्थीको उद्धार

काठमाण्डौं,असोज,२२-इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ।उनीहरुलाई इजरायली आर्मी क्याम्पभित्र लगेर राखिएको छ। 

आजै सरकारले इजरायली पक्षसँग कुरा गरी युद्ध क्षेत्रमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा लग्न आग्रह गरेको थियो।सोही अनुसार उनीहरूलाई सुरक्षित स्थानमा लगिएको हो। 

विद्यार्थी टोलीमध्येका एक लुइस रिजालले फेसबुकमा लाइभ गर्दै अहिले आफूहरु सुरक्षित स्थानमा आएको र त्यहाँ द्वन्द्वको सम्भवना नभएको जानकारी गराएका छन्। 

उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जनाको टोली लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन्।उनीहरुकै समूहका १० को आक्रमणमा ज्यान गुमाएका छन्।आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्री एनपी साउदले इजरायलको बंकरभित्र रहेका विद्यार्थीसँग संवाद गर्नु भएको थियो।