नयाँ सत्ता गठबन्धनका लागि तीन दलको बैठक बस्दै

काठमाडौं,चैत,२७-नेपाली कांग्रेसले नयाँ सत्ता गठबन्धनका लागि तीन दलको बैठक बोलाईएको छ।

कांग्रेसले नयाँ सरकार बनाउनका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल गर्न लागेको हो । छलफल शुक्रबार दिउँसो ३ बजे बोलाईएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनभुयो

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देउवालाई नयाँ सरकार गठनको नेतृत्व गर्न आग्रह गर्दै आइरहेको अवस्थामा मौन बस्नुभएका उहाँले बिहीबारदेखि भने सक्रियता देखाउनुभएको हो ।

कांग्रेसले यसअघि नै आवश्यक परे नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । माओवादी अध्यक्ष दाहाल देउवासँग छलफलकै लागि बिहीबारै सुर्खेतबाट हतारहतार काठमाडौं आउनुभएको छ ।

माओवादीले ओलीलाई हटाउने वा नहटाउनेबारे प्रस्ट निर्णय दिन देउवा र महन्थ ठाकुरलाई आग्रह गरेको छ । देउवा भने ओलीको विपक्षमा संसद्मा बहुमत पुग्ने ग्यारेन्टी नभएसम्म अघि बढ्न चाहनुभएको छैन ।

वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा जसपाभित्र स्पष्ट रूपमा दुई धार देखिएको छ ।