एनएमसीले गर्यो बिबिएस प्रथम वर्षमा टपर हुने विद्यार्थीलाई भव्य सम्मान

नेपालगन्ज,जेष्ठ,०३-

सम्मान पछि शिक्षकसंग फोटो सेसन गराउँदै विद्यार्थीहरु

आदर्श ग्रुपद्वारा संचालित नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)ले शुक्रबार बिबिएस प्रथम वर्ष(२०७५)मा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यार्थीहरुलाई बधाईका साथ भव्य सम्मान गरेको छ।

यस वर्ष एनएमसीबाट बिबिएस प्रथम वर्षमा ६४.८ ल्याएर बाँके जिल्ला प्रथम हुन सफल प्रेम थापा, ६४.६ % ल्याएर बाँके जिल्ला दोस्रो हुन सफल अनिता रावत, ६३.४% ल्याएर बाँके चौथो हुने दिपा थापा , ६२.६% ल्याएर एनएमसी चौथो हुने दुर्गा अधिकारी र ६०.६% ल्याएर एनएमसी पाँचौ हुने सुविता अर्याल लगायत पास हुने सम्पुर्ण बिद्यार्थीहरुलाई कलेजले खादा ओढाएर भव्य सम्मान गरेको छ। प्रथम श्रेणीमा उतिर्ण हुन सफल पाँच जनालाई कलेजको तर्फबाट वार्षिक फी पुर्ण छुट हुने गरि छात्रवृत्ति पनि प्रदान गरिएको छ।


एनएमसीका क्याम्पस चिफ थानेश्वर पाण्डेको सभापतित्वमा सम्पन्न उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा आदर्श मावी तथा एनएमसीका चिफ डाइरेक्टर ईश्वर पोखरेल र विशिष्ट अतिथिमा आदर्श मावि तथा एनएमसीका एकेडेमीक एडभाईजर प्रकाश लामिछाने रहनु भएको थियो।

त्यस्तै अतिथिमा वरिष्ठ अध्यापक मणित शर्मा ,
फ्याकेल्टी मेम्बर मधुसूदन अधिकारी, फ्याकेल्टी मेम्बर दुर्गा प्रसाद घिमिरे , शिक्षक विष्णु गिरी, शिक्षक रवि भण्डारी , शिक्षक हर्मेश सोनि , एनएमसीका पूर्व शिक्षक अनिल भण्डारी , शिक्षक रबिन्द्र रेग्मी लगायत कलेजका शिक्षकहरु रहनु भएको थियो।

उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई बधाई दिदै एनएमसीका चिफ डाइरेक्टर ईश्वर पोखरेलले भन्नू भयो,”हाम्रो कलेजका बिद्यार्थी प्रेम थापाले बाँके टप गर्दा कलेज लगायत हामी सबै निकै गौरवान्वित भएका छौँ । साथै बाँके जिल्ला द्वितीय हुने अनिता रावत लगायत प्रथम श्रेणीको साथै पास हुने सम्पुर्ण बिद्यार्थीहरुलाई हार्दिक बधाई दिन चाहान्छु। पछिल्लो समयमा मोबाईलले बिद्यार्थीको पढाईमा असर पुर्याएको छ।त्यसैले बिद्यार्थीहरु मोबाइल देखि टाढा रहन जरुरी छ।”

आगामी दिनहरुमा कलेजको सय प्रतिशत नतिजा ल्याउनको लागि बिद्यार्थीहरुलाई सुझाउँदै पुनः उहाँले भन्नू भयो,”राम्रो सङ्ग अध्यापन गराएकोमा धेरै धन्यवाद । अब पनि निरन्तर यस्तै उत्कृष्ट अनि राम्रो नतिजाको अपेक्षा गर्दछु।”

कार्यक्रमको सभापतिको आसन गर्नु भएका क्याम्पस चिफ थानेश्वर पाण्डेले आगामी वर्षमा अझै राम्रो नतिजाको आस गरेको बताउनु भयो। बधाई दिँदै उहाँले भन्नुभयो,”बिद्यार्थीले यो फल दिँदा म लगायत कलेज परिवार हर्षित छ। बिद्यार्थीले उत्कृष्ट नतिजा ल्याइदिँदा बजारमा कलेजको राम्रो इमेज गएको छ। बधाई छ सम्पुर्ण विद्यार्थी भाइ बहिनीहरुलाई जस्ले राम्रो नतिजा ल्याउन सफल भएका छन।”

बधाई दिने क्रममा आदर्श तथा एनएमसीका एकेडेमीक एड्भाईजर प्रकाश लामिछानेले बिद्यार्थीको कडा मिहिनेतले आज एनएमसीको प्रतिष्ठामा वृद्धि आएको बताउनु भयो। राम्रो नतिजा ल्याउने बिद्यार्थीलाई बधाई छ उहाँले भन्नू भयो।

त्यस्तै वरिष्ठ अध्यापक मणित शर्माले पनि बधाई दिदै भन्नू भयो,” राम्रो नतिजा ल्याउन बिद्यार्थीले मात्रै नभएर शिक्षकले पनि उत्तिकै मिहिनेत गर्नु पर्छ। जब बिद्यार्थी सिस्टमेटिम तरिकाले पढ्छ तब मात्र उसले राम्रो नतिजा ल्याउन सक्छ।”

बिद्यार्थीको तर्फबाट प्रेम थापा र दुर्गा अधिकारीले पनि आफ्नो भनाई राख्नु भएको थियो। “आफ्नो मिहिनेतका साथै पढाउने गुरुहरुको कारणले गर्दा मलाई पढाइमा धेरै सहयोग मिलेको थियो। जसले गर्दा आज यो फल प्राप्त गर्न सफल भएको छु। आगामी वर्षमा अझै राम्रो नतिजा ल्याउन हरदम कोसिस गरिरहने छु,” उहाँले भन्नु भयो।

कलेजको चौँथो टपर हुन सफल बिद्यार्थी दुर्गा अधिकारीले पनि आफ्नो भनाई राख्नु भएको थियो। प्लस टु जस्तो ब्याचलर हुँदैन। परीक्षा प्रणाली निकै कडा हुन्छ।कोर्स पनि अलि हार्ड छ ।त्यसैले हामीले नजानेको कुरा गुरुहरुलाई सोध्नु पर्छ भनेर जुनिएर भाइबहिनीहरुलाई सुझाउनु भएको थियो।

कलेजका सम्पुर्ण अध्यापक तथा बिबिएस प्रथम र द्वितीय वर्षका बिद्यार्थीहरुको उपस्तिथि रहेको उक्त सम्मान तथा बधाई  कार्यक्रमलाई निकै मोटिभेटिभ अनि आकर्षित तरिकाले एनएमसीका स.  क्याम्पस प्रमुख थमन केसीले सन्चालन गर्नुभएको थियो।