
पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले चैत १ गते केन्द्रीय समिति बैठक र चैत २ गते कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ।
केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले भन्नुभयो, ‘चैत १ गते केन्द्रीय समिति र २ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको छ।’
अर्का स्थायी समिति सदस्य लीलामणि पोखरेलका अनुसार प्रशिक्षण कार्यक्रममा प्रदेश, जिल्ला र जनवर्गीय संगठनका नेताहरुको सहभागिता रहनेछ।
केपी ओली सरकारलाई पार्टीले दिएको समर्थन के गर्ने भन्ने निर्णय भने बैठकमा कुनै निर्णय नभएको पोखरेलले जानकारी दिनुभयो।
अन्य पार्टीसँग समेत छलफल गरेपछि मात्रै पार्टीले यसबारे निर्णय लिने उहाँको भनाइ छ।