कोहलपुर नगरपालिका स्तरिय माओवादी केन्द्रको संयुक्त वडा सम्मेलन जारी

संगिन शर्मा
कोहलपुर,फागुन ४-आमोवादी केन्द्रको कोहलपुर नगरपालिका अन्तर्गत १३ वटै वडाको संयुक्त वडा सम्मेलन मंगलबारदेखि सुरु गरेको छ । विभिन्न माओवादी घटकहरुको एकतापछि पहिलो पटक हुन गईरहेको सम्मेलनले १३ वटै वडामा नयाँ नेतृत्व चयन गर्ने बताईएको छ ।

जसअन्तर्गत मंगलबार १, ३, ४, ६, १० र १२ नम्बर वडाको वडा सम्मेलन सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएका सम्मेलन अन्र्गत वडा नं. १ मा कौशिला वि.क. को अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन भएको छ । त्यसैगरी ३ नं. वडामा पदम रेग्मीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन भएको छ ।

त्यसैगरी ४ नं. वडामा तिरत राम थारुको नेतृत्वमा १५ सदस्यीय वडा कमिटि गठन गरिएको कोहलपुर नगर कमिटि ईन्चार्ज नरेन्द्र पाण्डे जेम्सले जानकारी दिनुभयो । मंगलबार नै ६ नं. वडामा रामसरण थारुको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि गठन गरिएको छ ।

त्यसैगरी १० नं. वडामा खेमराज रमालीको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटि गठन गरिएको छ भने १२ नं. वडामा निरक शाहीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन गरिएको माओवादी केन्द्र कोहलपुर नगर कमिटि सह–इन्चार्ज तुलाराज विष्ट “विहानी” ले जानकारी दिनुभयो । बाँकी रहेका अन्य वडामा समेत नयाँ नेतृत्वको लागि सम्मेलनहरु आयोजना हुने क्रम जारी रहेको विहानीले जानकारी दिनुभयो ।