राष्ट्रिय समाचार समिति नेपालगंजका क्षेत्रीय प्रमुख गौतम सम्मानीत हुने

बाँके,फल्गुन ४-राष्ट्रिय समाचार समिति नेपालगंजका क्षेत्रीय प्रमुख नीरज गौतम पत्रकार बासु रिमाल यात्री पत्रकारीता पुरस्कार बाट सम्मानीत हुने भएका छन् । यहि फगुन ७ गते काठमाण्डौंमा हुने राष्ट्रिय समाचार समितिको वार्षिक उत्सवका अवसरमा उहाँलाई सम्मान गर्न लागिएको हो ।

वि.सं २०४२ सालदेखी राष्ट्रिय सेवा प्रवेश गर्नु भएका पत्रकार गौतमलाई राष्ट्रिय समाचार समिति कर्मचारी संघले सम्मान पत्र र नगद सहित पुरस्कृत गर्न लागेको संघका अध्यक्ष मनोज लामिछाने जानकारी दिनुभएको छ ।