खोटाङमा रुखको मुढोले लाग्दा एकजनाको मृत्यु

सिर्जना बर्देवा/
खोटाङ,कार्तिक २८-

खोटाङमा रुखको मुढोले टाउकोमा लाग्दा उदयपुरका एक किशोरको ज्यान गएको छ ।

रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडामा जंगलमा दाउरा खोज्नेक्रममा सँगै गएका साथीले लडाएको मुढोले लाग्दा उदयपुरका नरबहादुर राईका छोरा १४ वर्षका दिपक राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो ।

निर्माणाधिन कुलोमा मजदुरी गर्नका लागि बाबुआमासँगै आएकाबेला जंगलमा दाउरा खोज्नेक्रममा अरुले लडाएको मुढाले लाग्दा घाइते भएका दिपकको मंगलबार ज्यान गएको हो ।

ढुंगामा ठोक्किएर उछिट्टिएको मुढाले टाउको र चिउँडोमा लाग्दा गम्भीर घाइते भएका दिपकको उपचारका लागि काठमाडौं लैजानेक्रममा जयराममा पुगेपछि ज्यान गएको प्रहरीले जनाएको छ ।