सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गर्यो रक्तदान कार्यक्रम

२१ जनाले गरे रक्तदान

नेपालगन्ज,असोज,६-

जीवन बीमा कम्पनी सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगन्ज शाखाले अाफनो दोस्रो वार्षिकोत्सबको अवसरमा अाज सोमबार रक्तदान गरेको छ ।

नेपाल रक्त सञ्चार केन्द्र बाँकेमा रगतको अभाब भइरहेको समयमा र इन्स्योरेन्स स्थापनालाई भव्य रुपमा होटलमा कार्यक्रम नगरेर कुनै बिरामीको रगतको अभावमा मृत्यु नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको अायोजना गरेको उक्त इन्स्योरेन्स कम्पनी नेपालगन्जका शाखा प्रबन्धक कमल शाहीले बताउनुभयो ।

स्थापनाको छोटो समयमा पनि बीमा क्षेत्रमा अाफनो नाम चिनाउन सफल रहेको सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा गर्ने बीमितहरुलाई मध्यनजर गरेर विभिन्न बीमाका योजनाहरु ल्याएकाे प्रबन्धक शाहीले बताउनुभयो ।

नेपाल रक्त सञ्चार केन्द्र बाँकेमा गरिएको उक्त कार्यक्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका स्त्रीरोग विशेषज्ञ डा- विनोद अर्याल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एशोसियट प्रोफेसर प्रेम प्रसाद पन्तले रक्तदान गरेर कार्यक्रम शुरु गरिएको थियो ।

नेपाल रक्त सञ्चार केन्द्र बाँकेको कार्यालयमा गरिएको रक्तदान कार्यक्रममा असल शासन क्लब बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका प्रशासकीय अधिकृत कुमार अधिकारीले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियोे ।

रक्तदान कार्यक्रममा ३ जना महिला र १६ जना पुरुषले रक्तदान गरेका थिए । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अाफना नेपाल भरि रहेका कार्यालयहरुमा विभिन्न कार्यक्रम गरि वार्षिकोत्सब मनाएको नेपालगन्जका शाखा प्रवन्धक शाहीले बताउनुभयो ।