फुकुओकामा चौंथो ओहासी कप हुने

यस पटक दशैं कप गर्दैनौं : टिम म्यानेजर सन्देश के.सी

फुकुओका,जापान,असोज,७-

जापानको फुकुओकामा चौंथो ओहासी फुटसल कप हुने भएको छ । ओहासी ग्रुपको आयोजनामा चौथो ओहासी फुटसल कप हुन लागेको ओहासी एफसीका टिम म्यानेजर सन्देश के.सी ले बिहानी अनलाईनलाई जानकारी दिनुभयो ।

उहाँका उनुसार विगत ४ वर्ष देखि दशैं कपको आयोजना गर्दै आईरहेको यस ओहासी ग्रुपले यस पटक भने दशैं कप नगर्ने जानकारी दिनुभएको छ ।दशै कप केहि विभिद् समस्याका कारण यसपाली दशैं कप गर्न असमर्थ रहेको बताउनुभयो।उहाँले “भन्नुभयो” दशैं कप नगरेपनी हामीले विगतका आयोजनामा भएका त्रुटीहरुलाई औंल्याउदै यसपाली अझै व्यवस्थापनलाई पुर्ण तयारीका साथ चौंथो ओहासी कपको आयोजना गर्न लागिरहेका हामीलाई जानकारी दिनुभयो । 

यस चौंथो ओहासी कप आफूहरुले नोभेम्बर ९ तारिख अर्थात कार्तिक २३ गते शनीबारका दिन फुकुओकाको हाकाताकु इसोदा २-३-३ मा रहेको फुटसल खेल मैदानमा ( 福岡市博多区井相田2- 3-3 )गर्न लागेको जानकारी दिदैं उक्त प्रतियोगितामा सहभागिभईदिन ओहासी ग्रुपका टिम म्यानेजर सन्देश के.सी ले जापानमा स्थापित भएका सबै फुटबल टिमहरुलाई आवह्वान गर्नुभएको छ ।

उक्त प्रतीयोगीताको विजेता टिमले ३ लाख जापानीज येन सहित ट्रफि र मेडल प्राप्त गर्नेछ, भने उपविजेता टिमले १ लाख ५० हजार जापानीज येन सहित मेडल प्राप्त गर्नेछ भने प्रतीयोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट किप्पर, उत्कृष्ट अंक ल्याउने टिम र अनुशासित टिमलाई पुरस्कारको व्यवस्था रहेको उक्त प्रतियोगितामा सहभागीता जनाउन  टिम दर्ता शुल्क ३५ हजार येन टोकिएको र यसमा बिमा शुल्क समावेस नगरिएको आयोजकले जनाएको छ ।

पछिल्लो समय जापानको फुकुओकामा नेपालीहरुको बढ्दो चाप संगै यहाँ नेपाली खेलाडीहरुका लागी यो ठाँउ फुटसलको हब बन्दै गएको छ ।हुनत : हरेक विश्वकपमा एशियाबाट छनोटमा पर्न सफल देश हो जापान यसको प्रभावले पनी नेपाली फुटवलरका लागी केहि प्रभाव र अवसर बनिरहेको छ ।

त्यसैले फुकुओकामा हरेक महिनै पिच्छे मोफसल फुटसलका टुर्नामेण्टहरुको आयोजना हुँदै आएको छ। यसले नेपाली खेलाहरुका निम्ती केहि फाईदा भने अबश्य पुर्याएको छ । आशा छ यहाँ हुने हरेक टुर्नामेण्टबाट राष्ट्रका निम्ती खेल्ने राम्रो खेलाडी जन्मीयोस्, हरेक चार चार वर्षमा हुने विश्वको महाकुम्भको महासंग्राम विश्वकपमा नेपाल पनी सधैं छनोट हुन सकोस हाम्रो कामना छ । 

साथै सारा संसारभरी छरिएर बस्नु भएका नेपालिहरुको घर आँगनमा आईरहेको महान चाड विजया दशमी तथा शुभदिपवलीको पावन अवसर समस्त नेपालीजनहरुमा अग्रीम शु-स्वास्थ्य एवंम दिर्घायु जिवनको उत्तर उत्तर प्रगतीको कामना गर्दै प्रवासमा यसरी महिन्नै पिच्छे हुने मोफसल फुटसल टुर्नामेण्टहरुबाट नेपाली नेपाली र नेपाली, विदेशी बिच एक आपसमा भाईचाराको सम्बन्ध प्रगाढ बन्दै जाओस् हाम्रो बिहानी एफसी परिवार र बिहानी अनलाईन डटकमको तर्फबाट  विजया दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । धन्यवाद !!