स्थानीय बासिन्दाले बुझाए गाउँ पालिका प्रमुखलाई ज्ञापनपत्र

के-पी-घिमिरे/
बाँके,जेष्ठ,२२-
बाँके जिल्लाको खजुरा गाउँपालिकाका स्थानीय बासिन्दाहरुले गाउँ पालिकाका प्रमुखलाई अाज ज्ञापनपत्र बुझाएका छन् ।गाउँ पालिकाले स्थानीय जनताहरुलाई पुराना बनेका घरहरुको नक्सा बनाई नक्सा पास गराउनु पर्ने र ४ रुपैया पर स्क्वायर फुट कर लगाउने निर्णयको विरोधमा ज्ञापनपत्र बुझाएको स्थानीय बासिन्दा शरद पाेखरेलले बताउनु भयो ।

खजुरा गाउँ पालिका भित्र बसोबास गर्ने जनताहरुलाई महंगो कर असुली गर्ने र गाउँ पालिकाले तोकेको कन्सलटेन्सीबाट मात्र नक्सा बनाउनु पर्ने जस्ता निर्णयको स्थानीयहरुले विरोध गरी ४ बुँदे ज्ञापनपत्र बुझाएको स्थानीय नेता मान बहादुर वलीले बताउनु भयो ।

सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्‍याउने भन्ने सरकारले बताई रहदा जनताहरुलाई अनावश्यक करको भार थोपर्ने कार्य कदापि स्वीकार नहुने स्थानीय लाल बहादुर खत्री र धनराम वलीले बताउनु भयो ।