चौधरीलाई शपथ खुवाउने सरकारको कुनै तयारी छैनः मन्त्री तामाङ

काठमाण्डौँ,चैत,५-

कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले सांसद रेशम चौधरीलाई शपथ खुवाउने सरकारको कुनै तयारी नभएको स्पष्ट पार्नु भएको छ । आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले चौधरीको अभियोग प्रमाणित नभए पनि उहाँको शपथबारे सरकारले निर्णय लिई नसकेको जानकारी दिनु भयो ।

अभियोग प्रमाणित भए कानुनबमोजिम कारबाही हुने पनि उहाँको भनाई थियो । टीकापुर घटना अत्यन्त सम्वेदनशील घटना भएकाले सोहीअनुरूप सरकारले गम्भीरताका साथ हेरिरहेको बताउँदै उहाँले अपराधी उम्कन नदिइने पनि प्रष्ट्याउनु भएको छ ।

२०७१ भदौ ७ गते टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको निधन भएको थियो । चौधरी त्यही घटनाका मुख्य योजनाकारको आरोपमा पूर्पक्षका लागि थुनामा राखिएको छ ।नेपालवाणीवाट साभार