प्रबुद्ध माबीको छैटौं अबिभावक भेला सम्पन्न

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,२७-
प्रबुद्ध माध्यमिक बिद्यालय सुनकोशी गाउपालिका ७ च्यानम ओखलढुंगाको छैटौं अविभावक भेला सम्पन्न भएको छ । बिद्यालयका संस्थापक खिलानाथ अधिकारीको प्रमुख आतिथ्यता तथा शिक्षक अबिभावक संघका अध्यक्ष नबिन कुमार कटुवालको अध्यक्षतामा एक कार्यक्रमका साथ अभिभावक भेला सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थापक एबं उप जिल्ला सभापति अधिकारीलाई अभिन्नदन तथा सम्मान गरिएको छ । बिद्यालयका पुर्ब बिद्यार्थिहरु डा.लिला ब. कार्कि ,पाईलट संकर कटुवाल जिल्ला शिक्षा अधिकारी ओम ब. कटुवाल र बिद्यालय निरिक्षक फडिन्द्र कटुवाललाई सम्मान गरिएको छ ।

यसै अबसरमा पदमादल प्रतिष्ठानका अध्यक्ष डा लिला बं कार्किले शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पुप्याउने बिद्यालयका उत्कृष्ट संस्थापक अधिकारीलाई नगद १० हजारको साथमा सम्मान गर्नु भएको छ । साथै बिद्यालयका उत्कृष्ट बिद्यार्थिलाई छात्रबृति प्रदान गर्नु भएको छ ।

कार्यक्रममा बिद्यालयका प्रधानध्यापक टंकलाल गिरीले बिद्यालयका अर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको छ । साथै कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा सबै सरोकारवाला व्यक्तिहरुले बिद्यालयको प्रशंसा साथै प्रगतीको कामना गरेका छन् ।