उपयोगी फर्सी

इन्द्र कार्की/
महेन्द्रनगर,मंसिर,२८-

फर्सी गाउँघर सहरवजार मा सर्वसुलभ रुपमा पाईने तरकारी हो । मुख्य गरी तरकारीको रुपमा खाइने फर्सी गर्मी र चिसो मौसममा खाइन्छ । पोषणको दृष्टिकोणले पोषिलो फर्सिमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ । हरियो भन्दा पहेलो रंगको पाकेको फर्सीमा भिटामिन तथा खनिज तत्वहरुको मात्रा वढि हुन्छ ।

फर्सी का विभिन्न परिकारहरु वनाएर खान सकिन्छ । फर्सीलाई गर्भवति तथा सुत्केरी महिलालाई फर्सी खान दिने चलन कम छ । वालवालिका तथा गर्भवति ,सुत्केरीहरुलाई उपयुक्त तरिकाले विभिन्न परिकार वनाई खुवाउन सकेमा भिटामिन ए को कमिले हुने विभिन्न रोगहरु वाट जोगाउन सकिने विभिन्न अनुसन्धानहरुले देखाएका छन ।

प्रमुख भिटामिन र खनिज पर्याप्त मात्रामा पाइने फर्सी सजिलै पाइन्छ । समान्यतया फर्सी हरियो र सुन्तला रंगको हुन्छ । यसको वोक्रा कडा र चिल्लो हुन्छ । यसको भित्रको वीउ र गुदी हुन्छ । हरियो फर्सी तरकारीको रुपमा र पाकेको फर्सी उसिनेर खान सकिन्छ ।

फर्सीमा भिटामिन ए र पोटासियम प्रचुर मात्रामा पाइन्छ । यसमा क्याल्सियम र म्याग्नेसियम सहित भिटामिन ई,सी र बी का केही प्रकार पाइन्छन । दैनिक करिब सय ग्राम फर्सी खानु स्वास्थ्यका लागि फाइदाजनक छ । फर्सीका विभिन्न बहुउपयोगी गुणहरु वारे जानी राखौँ ।
छालाका लागि फर्सी
फर्सीमा भिटामिन सी र ई संगै विटा क्यारोटिन पाइन्छ । यी सवै पोषक तत्वहरुले हाम्रो छाला स्वस्थ राख्न महत्वपुर्ण भुमिका निर्वाह गर्छ । हाम्रो शरीरले प्राकृतिक रुपमा भिटामिन सी वानाउदैन । त्यर्सैले पनि हामीले भोजनवाट भिटामिन सी प्राप्त गर्नु आवश्यक छ । भिटामिन सीले कोलाजिन निमार्णमा मद्धत गर्छ । कोलाजिनले घाउ चोटपटक निको पार्न सघाउँछ ।

भिटामिन ई महत्वपुर्ण एन्टिअक्सिडेन्ट हो । जसले भिटामिन सी संगै सक्रिय भएर घामले हाम्रो शरीरमा पार्ने नकरात्मक प्रभाव र छाला सुख्खा हुनवाट जोगाउँछ । भिटामिन ए वा विटा क्यारोटिनले पनि छालाको सुरक्षा गर्छ र घामका परावैजनी किरणहरु वाट जोगाउँछ । साथै यसले घामवाट हाम्रो छाला डढन वाट वचाउछ ।
आँखा स्वस्थ राख्न फर्सी
भिटामिन ए को कमिले दृष्य क्षमता घटछ वा अन्धोपन हुनसक्छ । बिटा क्यारोटिन , भिटामिन सी र ई ले दृष्टि क्षमता जोगाउनुका साथै वृद्धावस्थामा पनि दृष्टि कमजोर हुन वाट जोगाउँछ ।
फर्सीले मेटावोलिक सिन्डोमको जोखिम पनि घटाउछ
मधुमेह मोटोपन र उच्च रक्तचाप सवैलाई समग्रमा मेटावोलिक सिन्डोम भनिन्छ । यस्तो स्थितिमा यी सवैले एकै पल्ट मुटु सम्वन्धि रोग र मस्तिष्कघातको जोखिम उच्च बताउछन । सन. २०१५ मा जापानमा भएको एक अध्ययनले सुन्तला , हरियो र पहेलो रंगका फलफुलहरुमा पाइने क्यारोटिनोइड भोजनले मेटावोलिक सिन्डोमको जोखिमवाट जोगाउने पत्ता लागेको थियो ।
फर्सीले रोग प्रतिराध क्षमता बढाउछ
चहकिलो सुन्तला रंग हुने फर्सीमा पर्याप्त बिटा क्यारोटिन पाइन्छ । जुन हामीले खाएपछि भिटामिन ए मा परिणत हुन्छ । विभिन्न अध्ययनले रोग प्रतिरोध क्षमता वढाउनमा भिटामिन ए ले महत्वपुर्ण भुमिका निर्वाह गर्ने र त्यस मध्ये ८० प्रतिशत भिटामिन हाम्रो पाचन प्रणालीमा रहने देखाएका छन् । अध्ययनहरुले भिटामिन ए युक्त भोजनले प्रत्यक्ष रुपमा रोग प्रतिरोध क्षमता बढ्ने देखाएका छन् ।
फर्सीले क्यान्सर वाट पनि जोगाउछ
हाल सम्म क्यान्सर वाट जोगाउने कुनै विशेष खानेकुरा वा सुपरफुड छैन । कुनै कुनै खानेकुराहरुको क्यान्सरसंग कुनै पनि सम्वन्ध हुदैन । तर विभिन्न समयमा भएका विभिन्न अध्ययन अनुसन्धानहरुले सन्तुलित र स्वस्थकर भोजनको सेवनले क्यान्सर हुने जोखिम भने घटने देखाएका छन् ।