कोरोना कहरः विश्वमा मृत्यु हुनेको संख्या ४ लाख ९० हजार नाघ्यो, संक्रमितको संख्या ९७ लाख नजिक , ५२ लाख बढी निको भए

काठमाडौं,असार,१२-कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ९० हजार नाघेको छ । यसैगरी विश्वभर ९६ लाख ९८ हजार जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।

५२ लाख ५० हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा २५ लाख २ हजारभन्दा बढीमा संक्रमण पुष्टी हुँदा १ लाख २६ हजार ७ सय जनाको मृत्यु भईसकेको छ ।

अमेरिकापछि बढी संक्रमण फैलिएको मुलुक ब्राजिल हो । ब्राजिलमा संक्रमितको संख्या १२ लाख ३३ हजार नाघ्दा ५५ हजार बढीले ज्यान गुमाएका छन् ।

दक्षिण एसियाली मुलुकहरुमा भारतमा संक्रमण भयावह बनिरहेको छ । भारतमा हालसम्म ४ लाख ९१ हजार संक्रमित भेटिंदा १५ हजार ३ सय बढीले ज्यान गुमाएका छन् ।

यसैगरी पाकिस्तानमा ३ हजार ९ सय तथा बंगलादेशमा १६ सय २१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यसैबीच, युरोपमा पुनः कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

संक्रमण फैलिन नदिनका लागि लागू गरिएका प्रतिबन्धहरु फुकुवा गरेसँगै पछिल्ला समय संक्रमण बढेको देखिएको हो । यूरोपमा पछिल्लो समय दैनिक २० हजारका दरले संक्रमित थपिएको र सात सय बढीको मृत्यु हुने गरेको देखिएको छ ।एजेन्सी