फुटबलमा नयाँ नियम: एउटै खेलमा पाँच जनासम्म खेलाडी परिवर्तन गर्न पाइने

काठमाडौं,बैशाख,२७-कोरोना महामारीपछि फुटबल खेल सुरु हुँदा केही नयाँ नियमहरु लागु हुने भएको छ ।खेलाडीहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर एक खेलमा पाँच खेलाडीसम्म परिवर्तन दिईने भएको छ ।कोरोनाका कारण रोकिएको फुटबल सुरु हुने बित्तिकै क्लबले एउटै खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने भएका हुन् ।

विश्वभर फुटबल खेलको नियम नियन्त्रण गर्ने निकाय अन्तराष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आईएफएबी)ले खेलाडीको सुरक्षाका लागि थप खेलाडी परिवर्तन गर्न पाउने नियममा सहमती जनाएको बताएको छ ।

आईएफएबीले फिफा समक्ष नयाँ नियम स्विकृतीका लागि आग्रह गरेको थियो । फिफाले सबै प्रतियोगितामा सो नियम लागू गर्न निर्देशन दिएको हो ।यो वर्षको डिफेम्बर ३१ भित्र सञ्चालन हुने सबै प्रतियोगितामा सो नियम लागू हुनेछ ।

युरोपका धेरै प्रतियोगिता सहित युरोपा लिग र च्याम्पियन्स लिगका अधिकांश खेल बाँकी छन्।हरेक टिमलाई तीन पटक खेलाडी परिवर्तनका लागि समय उपलब्ध गराईनेछ । सो समयमा टिमहरुले अधिकतम पाँच जनासम्म खेलाडी परिवर्तन गर्न पाउनेछन् ।ईमेजखबरबाट एजेन्सी